७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह
सारांश
- भारतको राजस्थानमा ९५ वर्षीय वृद्ध र ९० वर्षीया वृद्धाले विवाह गरेका छन्।
- उनीहरू ७० वर्षदेखि 'लिभ इन रिलेशनशिप'मा बस्दै आएका थिए र छोराछोरीको इच्छा अनुसार विवाह गरे।
- विवाहमा सिंगो गाउँ एकजुट भएको थियो र उनीहरूका छोराछोरीमध्ये कोही कृषक र कोही शिक्षक तथा नर्स छन्।
नयाँ दिल्ली । भारतमा एउटा अनौठो विवाह यतिबेला चर्चामा छ । ९५ वर्षीय एक वृद्धले ९० वर्षीय वृद्धासँग विवाह गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानको डुंगरपुर जिल्लास्थित गलन्दर गाउँमा यस्तो विवाह भएको हो । ९५ वर्षीय रामा भाइ अंगारी र ९० वर्षीय जीवली देवीले आपसमा विवाह गरेका हुन् ।
यी दुई जना ७० वर्ष अघिदेखि ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएका थिए । सँगै बस्दै आए पनि यिनीहरूले अहिलेसम्म विवाह गरेका थिएनन् ।
यो जोडीका चार छोरा र दुई छोरी छन् । छोराछोरीको इच्छा अनुसार यो जोडीले बुढेसकालमा विवाह गरेको बताइएको छ ।
उनीहरूको विवाहको तयारीमा सिङ्गो गाउँ नै एकजुट भएको थियो । विवाहका सम्पूर्ण प्रक्रिया पूरा गरिएको बताइएको छ ।
यो जोडीका जेठा छोरा बकु अंगारी कृषक हुन् भने शिवराम र कान्तिलाल सरकार विद्यालयमा पढाउँछन् । कान्छा छोरा लक्ष्मण पनि कृषक हुन् । छोरी सुनिता अध्यापन गर्छिन् । अर्की छोरी अनिता भने नर्स रहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण