७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह

समाचार सारांश
- भारतको राजस्थानमा ९५ वर्षीय वृद्ध र ९० वर्षीया वृद्धाले विवाह गरेका छन्।
- उनीहरू ७० वर्षदेखि 'लिभ इन रिलेशनशिप'मा बस्दै आएका थिए र छोराछोरीको इच्छा अनुसार विवाह गरे।
- विवाहमा सिंगो गाउँ एकजुट भएको थियो र उनीहरूका छोराछोरीमध्ये कोही कृषक र कोही शिक्षक तथा नर्स छन्।
नयाँ दिल्ली । भारतमा एउटा अनौठो विवाह यतिबेला चर्चामा छ । ९५ वर्षीय एक वृद्धले ९० वर्षीय वृद्धासँग विवाह गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानको डुंगरपुर जिल्लास्थित गलन्दर गाउँमा यस्तो विवाह भएको हो । ९५ वर्षीय रामा भाइ अंगारी र ९० वर्षीय जीवली देवीले आपसमा विवाह गरेका हुन् ।
यी दुई जना ७० वर्ष अघिदेखि ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएका थिए । सँगै बस्दै आए पनि यिनीहरूले अहिलेसम्म विवाह गरेका थिएनन् ।
यो जोडीका चार छोरा र दुई छोरी छन् । छोराछोरीको इच्छा अनुसार यो जोडीले बुढेसकालमा विवाह गरेको बताइएको छ ।
उनीहरूको विवाहको तयारीमा सिङ्गो गाउँ नै एकजुट भएको थियो । विवाहका सम्पूर्ण प्रक्रिया पूरा गरिएको बताइएको छ ।
यो जोडीका जेठा छोरा बकु अंगारी कृषक हुन् भने शिवराम र कान्तिलाल सरकार विद्यालयमा पढाउँछन् । कान्छा छोरा लक्ष्मण पनि कृषक हुन् । छोरी सुनिता अध्यापन गर्छिन् । अर्की छोरी अनिता भने नर्स रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया