बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले
शुक्रबार, २३ जेठ २०८२, १७ : ३८
कैलाली । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।
घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ४ः५५ बजे तिर ग्यास सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले हालसम्म १६–१७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट गरिसकेको छ ।
क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । घटनापछि आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको छ। आगो निभाउने कार्य जारी छ । प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिन प्रयास तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण