मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित
राैतहट । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित भएकी छन् । उनी शुक्रबार “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार“बाट सम्मानित भएकी हुन् ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था 'पान'को दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पोखरामा आयोजित समारोहमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मान गरेका हुन् ।
मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेस प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित भएको थियो ।
मेयर साहले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले उपलब्धि हासिल भएको भन्दै सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
मौलापुर नगरपालिकाले बालिकालाई शिक्षाप्रति आकर्षित गराउन निःशुल्क साइकल वितरणदेखि उच्च शिक्षा अध्ययनरतलाई ल्यापटप वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण