मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित

राैतहट । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह सम्मानित भएकी छन् । उनी शुक्रबार “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार“बाट सम्मानित भएकी हुन् ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था 'पान'को दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पोखरामा आयोजित समारोहमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मान गरेका हुन् ।
मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेस प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित भएको थियो ।
मेयर साहले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले उपलब्धि हासिल भएको भन्दै सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
मौलापुर नगरपालिकाले बालिकालाई शिक्षाप्रति आकर्षित गराउन निःशुल्क साइकल वितरणदेखि उच्च शिक्षा अध्ययनरतलाई ल्यापटप वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
-
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे