चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
सारांश
- चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन्।
- खुल्ला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, महासचिवमा प्रभाकर गौतम लगायतका पदाधिकारी चयन।
- नेपाल पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले फिक्सन पुरानो संस्था भएको र हातेमालो गर्ने बताए।
काठमाडौँ। चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रूपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुल्ला सचिवमा नरेश फुयाँल, समावेशी तथा महिला सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री लाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।
यस्तै, कार्यसमिति सदस्यहरूमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भएका छन् । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ एसोसिएट मध्येको पुरानो संस्था भएकाले महासङ्घ सदैव हातेमालो गर्न तत्पर रहेको बताए ।
साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्व अध्यक्ष यज्ञसराज पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी रहेका थिए। नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण