चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
समाचार सारांश
- चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन्।
- खुल्ला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, महासचिवमा प्रभाकर गौतम लगायतका पदाधिकारी चयन।
- नेपाल पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले फिक्सन पुरानो संस्था भएको र हातेमालो गर्ने बताए।
काठमाडौँ। चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमिल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रूपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुल्ला सचिवमा नरेश फुयाँल, समावेशी तथा महिला सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री लाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।
यस्तै, कार्यसमिति सदस्यहरूमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भएका छन् । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ एसोसिएट मध्येको पुरानो संस्था भएकाले महासङ्घ सदैव हातेमालो गर्न तत्पर रहेको बताए ।
साधारण सभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्व अध्यक्ष यज्ञसराज पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी रहेका थिए। नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
बारामा मदन आश्रितका नाममा ३ करोड बजेट
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै