अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
सारांश
- अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ।
- गोलीकाण्डमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाए, जसले आत्महत्या गरेका थिए।
- अस्ट्रिया सरकारले तीन दिनको शोकको घोषणा गरेको छ र घाइतेहरूको उपचार जारी छ।
भियन्ना । अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डमा एघार जनाको मृत्यु भएको छ ।
यसलाई देशको अहिलेसम्मकै सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ । यस घटनाका कारण अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ । पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिनेछ ।
ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो, बन्दुकधारीले अन्ततः स्कुलको शौचालयमा आफैलाई गोली हानेर आत्महत्या गरे । जसका कारण यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी भएको प्रहरीले बताएको छ । उनको उमेर लगभग २१ वर्ष थियो । उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए ।
‘यस आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन् ।’ गृहमन्त्री गेरहार्ड कर्नरले भने । आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द रहनेछ अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण