अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो

समाचार सारांश
- अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ।
- गोलीकाण्डमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाए, जसले आत्महत्या गरेका थिए।
- अस्ट्रिया सरकारले तीन दिनको शोकको घोषणा गरेको छ र घाइतेहरूको उपचार जारी छ।
भियन्ना । अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डमा एघार जनाको मृत्यु भएको छ ।
यसलाई देशको अहिलेसम्मकै सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ । यस घटनाका कारण अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ । पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिनेछ ।
ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो, बन्दुकधारीले अन्ततः स्कुलको शौचालयमा आफैलाई गोली हानेर आत्महत्या गरे । जसका कारण यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी भएको प्रहरीले बताएको छ । उनको उमेर लगभग २१ वर्ष थियो । उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए ।
‘यस आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन् ।’ गृहमन्त्री गेरहार्ड कर्नरले भने । आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द रहनेछ अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’