वर्षा भएपछि गर्मीबाट राहत (तस्बिरहरू)
बुधबार, २८ जेठ २०८२, १५ : १९
काठमाडौँ । वर्षा भएपछि नागरिकहरूले गर्मीबाट राहत पाएका छन् । बुधबार दिउँसो वर्ष भएपछि काठमाडौँ उपत्यकामावासी गर्मीबाट राहत पाएका हुन् । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको थियो ।
जल तथा पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ ।
महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
-
एमालेको भविष्यको दिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण