वर्षा भएपछि गर्मीबाट राहत (तस्बिरहरू)
बुधबार, २८ जेठ २०८२, १५ : १९

काठमाडौँ । वर्षा भएपछि नागरिकहरूले गर्मीबाट राहत पाएका छन् । बुधबार दिउँसो वर्ष भएपछि काठमाडौँ उपत्यकामावासी गर्मीबाट राहत पाएका हुन् । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई—मधेसलगायत अधिकांश स्थानमा तापक्रम पनि बढेको थियो ।
जल तथा पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ ।
महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियामा आरभले जिते तीन उपाधि
-
जसपाकाे सङ्घीय परिषद् बैठक असार ६ र ७ गते बस्ने
-
लुम्बिनीको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित
-
बजेट पारित गर्न मधेसमा मन्त्रिपरिषद् बैठक
-
आयोगले भन्यो - ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ’
-
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट, पूर्वाधारमा १० अर्ब