न्यूरोडबाट २ करोड मूल्य बराबरको हिरा र सुनका गहना बरामद, चार जना पक्राउ
बुधबार, २८ जेठ २०८२, १९ : १५

काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट २ करोड भन्दा बढी मूल्य बराबरको हिरा, चाँदी र सुनका गहना बरामद गरेको छ ।
अवैध तरिकाले कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनका अनुसार सामानको मूल्य करिब २ करोड १ लाख हुन आउँछ । पक्राउ पर्नेमा सुर्यजित दास, समिम सेख, हविवुल सेख र तमल सान्द्रा छन् । उनीहरु चारैजना भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले मङ्गलबार राति सो सामान बरामद गरेको हो । हिरा, सुन र चाँदीको अवैध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । कारोबारीहरूले बिल, बिजक देखाउन नसकेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश