‘राम नाम सत्य’ मा किन जोडिइन् सुपुष्पा ?
काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को नायिकामा सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन् । निर्माण टिमले सुपुष्पासँग फिल्म अभिनयका विषयमा बुधबार सम्झौता गरेको छ ।
सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ । सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो ।
सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो रहेपछि फिल्ममा जाेडिएकाे बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छिन् ।
फिल्ममा अभिनेताको रुपमा विराज भट्ट, सुशिल श्रेष्ठ समावेश भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ ।
फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्म सुसन प्रजापतिले खिच्नेछन् ।फिल्मलाई माइकल चन्दले निर्देशन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण