‘राम नाम सत्य’ मा किन जोडिइन् सुपुष्पा ?

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को नायिकामा सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन् । निर्माण टिमले सुपुष्पासँग फिल्म अभिनयका विषयमा बुधबार सम्झौता गरेको छ ।
सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ । सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो ।
सुपुष्पाले आफ्नो भूमिका चित्तबुझ्दो रहेपछि फिल्ममा जाेडिएकाे बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छिन् ।
फिल्ममा अभिनेताको रुपमा विराज भट्ट, सुशिल श्रेष्ठ समावेश भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ ।
फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्म सुसन प्रजापतिले खिच्नेछन् ।फिल्मलाई माइकल चन्दले निर्देशन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा
-
इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु
-
तत्काल फाइभजी सम्भव छैन : एनसेल
-
रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने
-
इजरायलको आक्रमणमा इरानी कमान्डर होसेन सलामीको मृत्यु, मध्यपूर्वमा युद्धको खतरा चुलियो
-
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने