सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह

आइतबार, ०१ असार २०८२, १५ : ४५
आइतबार, ०१ असार २०८२

काठमाडौँ । इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न भनेको छ । 

युद्धका कारण शैक्षिक सङ्घसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा/भेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको हो । 

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले आग्रह गरेको हो ।
साथै दुतावासले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ ।

506907438_1214252080183213_2469060315409060056_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप