मधेस सरकारको बजेट भाषण सुरू
आइतबार, ०१ असार २०८२, १८ : १४

जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुरु भएको छ । झन्डै दुई घण्टा ढिलो मधेसको बजेट भाषण सुरु भएको हो । बजेट भाषणका लागि आज ४ बजेको कार्यतालिका थियो । तर मन्त्रीपरिषद्को बैठक ढिलो गरी सकेकोले बजेट भाषणमा ढिलाइ भएको हो ।
आगामी आर्थिक वर्षको लागि बजेट मन्त्रीपरिषद्बाट पारित भएपछि बजेट भाषण सुरु गरिएको प्रदेश सभाले जनाएको छ ।प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले सदनमा पुगेर बजेट भाषण सुरु गरेका हुन् । शनिबार रातीसम्म तयार पारिएको बजेट अर्थमन्त्री यादवले प्रस्तुत गरिरहेका छन् ।