काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व इतिहासमै पहिलो पटक एमबीबीएस अध्ययन गरेका डाक्टरको हातमा छ । एमबीबीएस अध्ययन गरेका सुजन कडरियालाई २४ औँ महाधिवेशनले अध्यक्षमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष कडरियासँग समसामयिक विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
अध्यक्षमण्डलले गरेको प्रस्तावमा हामीमध्ये आकाङ्क्षीहरू कसैलाई त्यो प्रस्ताव चित्त नबुझेको खण्डमा निर्वाचनमा जाने भन्ने थियो । अध्यक्षमण्डलले मलाई अध्यक्षमा प्रस्ताव गर्नुभयो । यदि चित्त नबुझे चुनावमा जाने भन्ने नै थियो । सबै आकाङ्क्षीको उमेर ३२ को हाराहारीमा रहेकाले अन्तिम पटक प्रयास गरौँ भन्ने भयो ।
संगठनमा उपाध्यक्ष, महासचिव रहँदै गर्दा भोलि नेतृत्व गर्ने ठाउँमा पुगिँदैन भन्ने सोचले सहमतिमा जान खोजिएको थियो । पछि उहाँहरूले नमानेपछि चुनावमा गयौँ । स्वस्थ प्रतिस्पर्धा गर्यौँ, लोकतान्त्रिक अभ्यास गर्यौँ ।
त्यस्तो होइन । प्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यूले स्वस्थ प्रतिस्पर्धाबाट जो निर्वाचित भएर आउँछ, आखिरमा उही मेरो प्यानल हो भन्नुभएको थियो । त्यही अनुरुप हाम्रा सहयोद्धा साथी पनि प्रतिस्पर्धामा जानुभएको हो । बाहिरको हल्लाका पछाडि लाग्नु हुँदैन । त्यो त मान्छेलाई कमजोर बनाउने खालको कुरा हो ।
भोटको प्याटर्न हेर्नुभयो भने पनि आयोजक कमिटीमा ४०० भोटमा मलाई १०० भोट जति आएको छ । अब त्यसमा त आयोजक भनेको चाहिँ के हो ? सरकारी हैन ? अनि आयोजक कमिटीको प्रभाव त समग्रमा परिरहेको हुन्छ । यसको मतलब के हो भने केही अरु साथीलाई मन पराउने थिए । केही विद्यार्थीहरू मलाई मन पराउने थिए । विद्यार्थीहरूबिच मत विभाजन भयो । हार्दिकताका साथ स्वस्थ प्रतिस्पर्धा गरेर झिनो मत अन्तरले म विजयी भएको हुँ ।
विद्यार्थी आन्दोलनले नयाँ दिशा खोजिरहेको छ, विद्यार्थी आन्दोलनले नयाँ नेतृत्व चाहिरहेको छ भन्ने कुरालाई, हिजो पनि अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई अहिलेचाहिँ निर्वाचनको परिणामले पुष्टि गरिदियो ।
त्यो बाध्यता हैन, मेरो जिम्मेवारी हो । समाजमा जन्मिसकेपछि हामी समाजप्रति उत्तरदायी हुनुपर्छ । डाक्टर भनेको मेरो पेसामात्र हो । त्यो त मेरो जीविकोपार्जनको निम्ति हो ।
हरेक मान्छेमा एउटा पेसा आवश्यक छ । जसले गर्दा मानिसलाई निष्कलङ्क बनाउँछ र मानिस कहिल्यै पनि भ्रष्टाचार लगायतको दलदलमा पर्न सक्दैन । किनभने आफूमा आत्मस्वाभिमान भयो भने, परनिर्भर भएन भने कहिल्यै पनि गलत काम गर्दैन । मलाई गलत काम गर्न नदिनको लागि मेरो पेसाले मलाई आफ्नो जीविकोपार्जनको निम्ति, आफ्नै खुट्टामा आफैँ उभ्याउनको निम्ति यसले काम गरिरहेको हुन्छ ।
समग्रतामा हामीले आफ्नो बारेमा मात्र होइन, समाजको बारेमा पनि सोच्नुपर्छ । अहिलेको नयाँ पुस्ताले अहिलेको नेतृत्वलाई गालीगलौज मात्र गर्ने कि आफ्नो यथोचित योजनासहित नेतृत्वलाई सम्मानपूर्वक प्रतिस्थापित गर्ने ? यो विषय महत्त्वपूर्ण हो । नेतृत्व त एउटा साइकल हो । आज उहाँहरू हुनुभयो । किनभने हिजो उहाँहरूले योगदान गर्नुभएको थियो । त्यसकारणले गर्दा हुनुभयो । तर आज हामीले योगदान गर्दै गयौँ भने भोलि हामी हुन्छौँ । यो विषय हामीले बुझ्न जरुरी छ ।
मुख्यतया तीन वटा विषयमा घनिभूत रूपमा काम गर्न चाहन्छु । खासगरी शिक्षामा भएको विभेदलाई हटाउनु छ ।
हाम्रो समाजले दुई वटा वर्ग निर्धारण गरिरहेको छ । एउटा वर्ग ग्रामीण सरकारी स्कुलमा पढ्ने अथवा भनौँ सामुदायिक स्कुलहरूमा पढ्ने वर्ग भयो । अर्को वर्ग प्राइभेट स्कुलमा, बोर्डिङमा पढ्ने वर्ग । यसमा युनिफर्मदेखि लिएर हरेक कुरामा विभेद छ । सिलेबसमा विभेद छ, कन्टेन्टमा विभेद छ, उनीहरूलाई हेर्ने दृष्टिकोणमा विभेद छ ।
प्रारम्भिक चरणमा यो विभेद अन्त्य गर्नुपर्छ । मेरै कार्यकालमा त्यो गर्न सकिन्छ कि सकिँदैन, त्यो फरक विषय हो । तर प्रयत्न गर्नुपर्छ । यो विषयलाई उठान गर्छु ।
दोस्रो कुरा, हाम्रो देश आज यो अवस्थामा पुग्नुको खास कारण भनेको पिछडापन र स्वार्थी सत्ता सङ्घर्ष हो । हामीले हिजो जे गर्नुपर्थ्यो, त्यो समयमा नगरेको कारणले आज हामी यो अवस्थामा पुगेका हौँ । तर आज पनि हामीले गरेनौँ भने भोलि पनि हामीले गर्दैनौँ । आज गरेका कर्महरूले हामीलाई आजै फल दिँदैन । आज गरेका कर्महरूले हामीलाई भविष्यमा चाहिँ राम्रो गर्छ । त्यसकारण भविष्यको लागि आजैदेखि सुरुवात गर्नुपर्छ । विभेद हटाउने हो भने आजैदेखि सुरु गर्नुपर्छ ।
समाजमा हामी प्रगतिशील छौँ, हामीहरू पश्चगामी हुनुहुँदैन । हामीहरू गतिशील हुनुपर्छ, अगाडि बढ्ने हो, पछाडि फर्किने होइन । निरंकुश शासनले हामीलाई पछाडि लिएर जाने काम गर्छ । अगाडि बढ्ने भनेको लोकतन्त्र हो । यो विषय पनि बारम्बार अहिलेको समाजलाई सम्झाउनुपर्छ । लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र हुन्छ । यो पनि बुझाउनुपर्ने अवस्था छ हाम्रो समाजमा । भनेपछि हामी कति पिछडिएका छौँ !
उहाँको उत्तराधिकारी नै हो नि म । उहाँले जति राम्रा काम गर्नुभयो, त्यसलाई अनुसरण गरेर जान्छु । जति काम अधुरा भयो, त्यसलाई पूरा गर्छु । जति काम उहाँले गर्न सक्नुभएन, त्यो गर्नको लागि प्रयत्न गर्छु ।
अहिले एउटा नयाँ आयोग बनाएका छौँ । पहिला तीन वटामात्र आयोग हुन्थ्यो भने अहिले नीति तथा अनुसन्धान आयोग भनेर हामीले एउटा बनाएका छौँ । अब यसले हरेक स्थानीय स्तरमा शिक्षामा के समस्या छ, अहिलेको विद्यार्थीले के चाहिरहेको छ र त्यसको समाधान के हो ? हामीले रिसर्चसहित प्रतिवेदन तयार गर्छौं र त्यो प्रतिवेदनको आधारमा कार्ययोजना बनाउँछौँ । सही समयमा समीक्षा बैठकहरू गर्छौं ।
शिक्षाको रूपान्तरणका लागि र शिक्षामा समानता कायम गर्नका लागि नै मूलभूत रूपमा हामी यसमै लाग्छौँ भने अन्य विषयहरू सामाजिक उत्तरदायित्वको विषय, व्यक्तित्व विकासका विषय, रचनात्मक कार्यक्रम गर्ने । यी त अब हाम्रो संगठनका नियमित क्रियाकलाप हुन् । यो त रहिरहन्छ ।
मैले अघि नै पनि भनेको थिएँ । अहिले सरकारको तीन वटा संरचना छ । स्थानीय तह, प्रादेशिक र केन्द्रीय सरकार । स्थानीय तहलाई काउन्टर गर्ने हाम्रो त्यो तदअनुरूपको कमिटी हुन्छ र त्यसले स्थानीय तहलाई हामीले सुझाव दिन्छौँ । सरकार भन्ने बित्तिकै केन्द्र सरकारमात्र बुझ्नु हुँदैन । केन्द्र सरकारले पनि सही गरेन भने हाम्रो केन्द्रीय कमिटीले त्यसलाई सचेत गराउँछ । केन्द्र सरकारलाई अनुरोध गर्छ । ती विषयमा र विद्यार्थीहरूप्रति जिम्मेवार हुनका लागि खेल्नुपर्ने भूमिकाहरूमा केही पनि कमजोरी नगरी हामी अघि बढ्छौँ ।
हामी सिलेबसमा मात्र एकरूपता लिएर आइदियौँ, भाषामा मात्र एकरूपता लिएर आइदियौँ भने प्रारम्भिक चरणको विभेद बिस्तारै अन्त्य हुँदै जान्छ ।
अहिलेका विद्यार्थीहरूले अंग्रेजी बुझेन । किनभने अंग्रेजहरूले लामो समयसम्म धेरै अनुसन्धान गरेर आफ्नो भाषामा ती कुरा निकालेको छन् । ती कुरालाई अध्ययन गर्न पनि हामीले बुझ्नुपर्छ । अब बोल्न पनि जान्नुपर्छ तर त्यो टोन मिलेन भने अलि कमजोर रहेछ भनेर हेर्ने । त्यो मनस्थितिलाई हामीले चिर्नुपर्छ । त्यसकारण हामीले हाम्रो समाजका लागि, हामीले हाम्रो मौलिकतालाई जोगाउन पनि जरुरी छ । यो कुरा कहिल्यै पनि बिर्सिनु हुँदैन । वेस्र्टन संस्कृतिहरू सिक्दै गर्दा हाम्रो संस्कृति, हाम्रो संस्कारहरूलाई पनि बचाउनुपर्छ, यद्यपि अध्यावधिक पनि गराउनुपर्छ ।
विद्यार्थी संगठनले पछिल्लो समयमा टास्क नपाएकै हो । जसरी निरंकुशताको वेलामा विद्यार्थी संगठनले जहिले पनि प्रतिपक्षको भूमिका खेल्थ्यो, त्यसकारणले गर्दा दबाएर राखेका आवाजहरूलाई विद्यार्थी संगठनले बुलन्द गराउने काम गर्थ्यो । त्यतिवेला विद्यार्थी संगठनहरूलाई हेर्ने दृष्टिकोण फरक थियो । अहिले समयको गतिअनुसारलाई क्याच गर्न नसकेर, पक्रिन नसकेको कारणले विद्यार्थी संगठन अलि पौराणिक हुँदै गएको हो । यो कुरा हामीले मान्नुपर्छ ।
विद्यार्थी संगठनको आवश्यकता के हो भन्ने कुरा पुष्टि गर्ने हामीमा ठुलो चुनौती छ । हामीले दुई वर्षको कार्यकालमा रचनात्मक आन्दोलनहरू गर्नुपर्छ । अब डिजिटल आन्दोलनहरू गर्नुपर्छ र सापेक्षिक समाजको प्रतिनिधित्व गर्ने खाले संगठन हुनुपर्छ । यो संगठन भनेको केवल राजनीतिमा लाग्नको लागि मात्र विद्यार्थी संगठनमा लाग्ने होइन । यो व्यक्तित्व विकासको लागि पनि, यो संगठनको आवश्यकता हुन्छ । यो संगठनको आवश्यकता यो समाज बुझ्नका लागि पनि आवश्यक हुन्छ र आफैँमा आत्मविश्वास अभिवृद्धि गर्नका लागि, विकास गर्नको लागि पनि यो आवश्यक हुन्छ भन्ने कुरालाई पनि हामीले पुष्टि गर्नुपर्छ ।
नेपाल अहिले ट्रान्जिसनल फेजमा चलिरहेको छ । हामीले सरकार त बनायौँ, संघीय लोकतान्त्रिक गणतन्त्र भनेर त हामीले व्यवस्था लिएर आयौँ, तर त्यो व्यवस्था कार्यान्वयनको चरणमा हिजोका निरंकुश जहानियाँ शासनको अवशेष पनि बाँकी छ । कर्मचारीतन्त्रमा जुन किसिमको बदलाव आउनुपर्ने हो, त्यो आएको छैन । हिजोको परम्परागत शैली नै छ । हामीले धेरै कुराको रूपान्तरण गर्नुपर्छ । उहाँहरू फ्रस्टेसन हुनु सामान्य हो किनभने अहिलेको समयमा अर्को देशमा बसेर आउनुहुन्छ, त्यहाँ हरेक कुरा व्यवस्थित देख्नुहुन्छ । सामान्यतया एउटा पासपोर्ट लिनलाई पनि झन्झटिलो प्रक्रिया छ यहाँ । यी प्रक्रियाहरूबाट हामीले उन्मुक्ति लिएनौँ भने मान्छे फ्रस्टेसन हुन्छ । त्यसले विद्रोह जन्माउँछ । त्यसकारणले हामी यसमा एकदम जिम्मेवार र होसियार हुन जरुरी छ । यी कुरा आजको भोलि परिवर्तन हुने विषय हैन तर प्रयास जारी राख्नुपर्छ ।
हामीले आफ्नो कार्यशैलीबाट आफ्नो इमेज छुट्टै बनाउन जरुरी छ । हामीले कार्यसम्पादनबाट इमेज बनाउन जरुरी छ । मैले के सोचिरहेको छु भने यी विषयमा पनि हामी सचेत छौँ । मुख्य चरण भनेको सचेतना हो । प्रमुख चरणमा हामीले सचेतना गर्छौं । होसियारी गर्दाखेरि पनि उहाँहरू सच्चिन तयार हुनुभएन भने हामीले बिस्तारै विद्रोह पनि गर्नुपर्ने हुन्छ ।
अबको १० वर्षमा नेपाल सरकार कस्तो हुन्छ, अबको २० वर्षमा कस्तो हुन्छ र तीन दशकपछि कस्तो हुन्छ, योअनुसारको दीर्घकालीन योजना बनाएर अगाडि बढ्न जरुरी छ ।
जब नागरिक चेतनशील हुन्छन्, सचेत हुन्छन्, त्यसपछि उनीहरूले गर्ने, उनीहरूले दिने विचारले, उनीहरूले गर्ने कर्मले मुलुकमा एकरूपताका साथ राष्ट्रमा एउटा ठुलो बदलाव आउँछ, त्यसलाई समृद्धि भनिन्छ । त्यसकारणले हामी समृद्धिको यात्रामा लाग्न जरुरी छ । समृद्धिको यात्राको प्रारम्भिक चरणमा हामी विचलित हुनुहुँदैन । हामीले सपना देख्नुपर्छ र सपना पूरा गर्नको लागि हामी हरदम प्रयास पनि गर्नुपर्छ ।
आजको शिक्षाले बेरोजगार उत्पादन गर्ने काममात्र भइरहेकोछ । हजारौँ विद्यार्थी लोकसेवाको दौडमा जानुपर्ने अनि दुई–तीन सय जनाले नाम निकाल्ने । बाँकी निराशामा बाँच्नुपर्ने । यो अवस्था आउनुको मुख्य कारण यो बेरोजगार उत्पादन गर्ने शिक्षा नै हो । हामीलाई कतै न कतै चेतना जगाइरहेको छ । हिजोको समाजभन्दा आजको समाज चेतनाको रूपमा धेरै अगाडि पुगिसकेको छ । त्यो शिक्षाको सकारात्मक पक्ष हो । तर शिक्षाले गर्न नसकेको एउटा पाटो के हो भने, डार्क साइड अफ प्रजेन्ट एजुकेसन भनेको आयआर्जनसँग जोड्न सक्नुपर्थ्यो नि ! हाम्रो शिक्षाले त्यो जोड्न सकेको छैन । त्यसैले हामीले अहिलेको सरकारको सबैभन्दा राम्रो योजना, जसरी नेकपा एमालेको आफ्नो गाउँ आफैँ बनाउँ र सामाजिक सुरक्षा भत्तापछिको मलाई व्यक्तिगत रूपमा मन परेको योजना भनेको पढ्दै कमाउँदै भन्ने अस्ति जुन नीति पारित भयो, त्यो अत्यन्तै राम्रो छ । त्यसले हामीमाझ हर्षोल्लास लिएर आएको छ । पढ्दै कमाउँदै ।
हामीले हरेक क्रियाकलाप गर्दा आयआर्जनसँग जोडिनुपर्छ । आयआर्जनसँग जोडिएपछि मात्र आर्थिक समृद्धि हासिल हुन सक्छ । आर्थिक समृद्धि हासिल नगरिकन मुलुकको परिवर्तन नै हुँदैन । त्यसकारणले अहिले पनि भएको त्यही हो ।
गरिरहेका छौँ, सबै भइरहेको छ तर हामीसँग आयस्रोत छैन । मुलुक धनी हुनुपर्यो । समाजवाद लागु हुन राज्य धनी हुनुपर्यो । राष्ट्रिय पुँजीको विकास हुनुपर्यो । दलाल पुँजीको हैन, राष्ट्रिय पुँजीको विकास हुनुपर्यो । राष्ट्रिय पुँजीको विकास गर्यो भने सामाजिक सुरक्षाको बारेमा राज्यले जनताको जिम्मेवारी लिन सक्छ । त्यो सरकार बनाउन हामीले प्रयास गर्नुपर्छ । हामी सबै लाग्नुपर्छ र खासगरी शिक्षित युवा वर्गहरू अब राजनीतिलाई घृणाको नजरबाट होइन, यो समाज परिवर्तन गर्ने एउटा बागडोरको रूपमा हेर्न जरुरी छ । त्यसकारणले घरमा बस्ने अनि कमेन्ट र पोस्ट गरेरमात्र यो समाज परिवर्तन हुँदैन । त्यसले सामाजिक अराजकता मच्चाउँछ ।
राजनीति पनिमा पनि श्रम गर्नुपर्छ । यहाँ अनेकौँ संघर्षका बाटो हिँड्नुपर्ने हुन्छ । अनेकौँ उतारचढाव हुन्छन् । आग्रह–पूर्वाग्रह हुन्छन् । यी सबैको कठिन बाटो र परिस्थितिबाट हिँडेर मात्र नेता–नेतृत्व स्थापित हुन सक्छौँ । नेता–नेतृत्व स्थापित भएर मात्र हामीले समाजमा डेलिभरी दिन सक्छौँ । त्यसैले घरमा बसेर मात्र डेलिभरी हुँदैन । कमेन्ट र फेसबुकमा अथवा टिकटकमा चलाएर मात्र हुँदैन । त्यसका लागि सक्रिय राजनीतिमा आउनुपर्छ । आजको नयाँ जेनेरेसनलाई म हार्दिक अपिल गर्न चाहन्छु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तपाईंहरूको नेतृत्व स्थापित गर्छ र समाजमा तपाईंहरूको महत्त्व के छ भनेर समाजलाई चिनाउने काम पनि हाम्रो संगठनले गर्छ ।
संगठनमा आबद्ध हुन र संगठनमा आबद्ध भएर आफ्ना विचारहरूलाई व्यक्त गर्न, संगठित ढंगबाट व्यक्त गर्न अनुरोध गर्न चाहन्छु र उहाँहरूसँग सहकार्य गर्न तयार रहेको पनि म जानकारी गराउन चाहन्छु ।
यो त भन्नै पर्दैन नि । सबै कुरा बोलेरमात्र गरिँदैन, व्यवहारबाट गरिँदै आएको छ । आज अखिलको म अध्यक्ष हुँदैगर्दा यसले पनि एउटा सन्देश दिइरहेको छ । नेकपा एमालेभित्र पनि अब आशाको बत्ती बल्दै छ । अहिलेको सम्माननीयज्यूले जसरी काम गरिराख्नुभएको छ, त्यसरी उहाँलाई युवाहरूले पनि साथ दिनुपर्ने हो । एउटा ठुलो ग्याप छ । त्यो ग्यापमा आज हामी उहाँलाई साथ दिन तयार छौँ । अब यस्तैगरी युवाहरू जोडिनुपर्छ । उहाँहरूको अनुभव र हामीसँग भएको एउटा जोस, जाँगर, ऊर्जालाई लिएर गयौँ भने हामीले राष्ट्रिय शक्ति पनि बनाउन सक्छौँ र राष्ट्रिय शक्तिको माध्यमबाट समाज परिवर्तन पनि गर्न सक्छौँ ।
नयाँ पुस्तालाई रिवार्ड छिटो चाहिएको छ । हिजोको पुस्तामा लामो समयसम्म सङ्घर्ष गर्ने, लामो समयसम्म त्याग गर्ने र अचिभमेन्ट पाउने । अहिले मान्छेलाई के लागिरहेको छ भने माननीय भनेको समाजमा विद्रोह गर्ने बित्तिकै, एउटालाई गाली गर्नेवित्तिकै माननीय हुनेजस्तो सस्तो भएको छ माननीयजस्तो विषय ।
अहिलेको स्टुडेन्टहरूलाई पनि शिक्षामा त्यस्तै छ । उनीहरू परम्परागत एजुकेसनलाई आत्मसात् गर्न तयार नै छैनन् । मोडर्न एजुकेसन र ग्लोबलाइज दुनियाँमा कसरी आफूलाई छिटो अचिभ गर्ने भन्नेमा लागिरहेका छन् । उनीहरूको मागअनुसार र वैज्ञानिक शिक्षाको अवधारणा लिएर आउनुपर्छ । आज विकसित मुलुकहरूमा कस्तो किसिमको शिक्षाको अभ्यास भइरहेको छ । हाम्रो परम्परा र मौलिकताअनुसार थोरै परिमार्जित गरेर त्यो शिक्षालाई लिएर जानुपर्छ । यसको मतलब फेरि कुनै राष्ट्रको प्रभाव, वेस्र्टन अथवा अन्य कुनै नर्दन कन्ट्रीहरूको प्रभावमा आएर गर्ने होइन । त्यसमा हाम्रो मौलिकता हुन्छ । मौलिकतासहितको विज्ञान हुन्छ । विज्ञानले नै हामीलाई सही दिशा दिन सक्छ । विज्ञानलाई मानेर जानुपर्छ ।
डेभलपमेन्टल माइलस्टोन हुन्छन् । तीन वर्षको बच्चाले के गर्नुपर्ने हो, चार वर्षको बच्चाले के गर्नुपर्ने हो । बच्चा कहिले रुन थाल्छ, बच्चा कहिले हाँस्न थाल्छ, कहिले खेल्न थाल्छ, कहिले ट्र्याङ्गल बनाउँछ, कहिले सर्कल बनाउँछ । यो त संसारभरिका बच्चाहरूको एउटै विकासक्रम हुन्छ । उनीहरूले एचिभ गर्ने माइलस्टोन भनेको एउटै हुन्छ ।
सबै विद्यार्थी साथीहरू बन्यौँ, मिलेर गयौँ भने अनेरास्ववियु फेरि पहिलाको जस्तै यो लाल क्रान्ति गरेको अनेरास्ववियु हो, रातो घरले निरंकुशता ढालेको अनेरास्ववियु हो । अहिलेको सापेक्षिक समयमा पनि अहिले अनेरास्ववियुको आधुनिकीकरणको युगको चाहिँ सुरुवात हामीले गर्छौं । हामीले गर्न सक्छौँ । त्यसमा उहाँहरूको सबै सहयोद्धाहरूको पनि उत्तिकै सहकार्य चाहिन्छ, आवश्यक छ । खासगरी पराजित हुनुभएका साथीहरू प्राविधिक कारणले गर्दाखेरि पराजित हुनुभएको छ । उहाँहरूको पनि केही सपना हुन सक्छन् । ती सपना सही छन् भने, ती सपनाहरू विद्यार्थीको पक्षमा छन् भने, ती सपनाहरू सामाजिक प्रगतिको पक्षमा र शिक्षाको पक्षमा छन् भने तिनलाई पूरा गराउनको लागि एउटा सहयोद्धा भएको कारणले म ती मुद्दा बोक्न, लिएर जान तयार छु ।
हारजित सामान्य विषय हो । हाम्रो अन्तर संगठनभित्रको आन्तरिक प्रतिस्पर्धा हो । यसमा कसैले घात गर्यो होला, कसैले आग्रह–पूर्वाग्रह राख्यो, योसँग अब अल्झेर बस्नु हुँदैन । जे भयो, जस्तो नतिजा आयो, त्यसलाई मानेर अब हामी आफ्नो काममा फर्किनुपर्छ र आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ ।
उहाँहरूसँगको सहकार्यविना हामीले अहिले बोकेका उद्देश्य सबै सहजै पूरा हुन सक्दैनन् । त्यसकारण त्यो आवश्यक छ । र त्यसमा हामीले एउटा न्यूनतम सहकार्य गर्ने विधि बनाउँछौँ । उहाँहरूका र हाम्रा माग समाजवाद उन्मुख नै हो । आजको हाम्रो संविधान नै समाजवाद उन्मुख छ । हरेक विद्यार्थीहरूले पढ्न पाउने अधिकार, हरेक विद्यार्थीहरूले समानतापूर्वक पढ्न पाउने अधिकार, विभेदरहित ढंगबाट पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न उहाँहरू पनि लाग्नुभएको छ, हामी पनि लागेका छौँ । उहाँहरू पनि विद्यार्थीको पक्षमा हुनुहुन्छ, हामी पनि विद्यार्थीको पक्षमा छौँ । उहाँहरू पनि विद्यार्थी हक, अधिकारलाई सधैँभरि बोकेर हिँड्नुभएको छ, हामी पनि बोकिरहेका छौँ भने सहकार्य गर्ने ठाउँ धेरै छन् । केही–केही विषयमा उहाँहरू र हाम्रो विचार मिल्दैनन् । त्यो ठाउँमा हामीले आफूसँग भएको कटुता अथवा आफूसँग भएको घमण्डहरूलाई बिर्सिएर अगाडि आउनुपर्छ । हामी कहिलेकाहीँ आफूभन्दा माथि उठेर सहकार्य गर्न तयार हुनुपर्छ । समग्रमा चुनौतीको ठुलो पर्खाल छ हाम्रो अगाडि । हामीले सामना गर्नुपर्छ ।
प्रतिक्रिया