‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नवगठित महिला समन्वय समितिले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिला अधिकारसँग सम्बन्धित सवाललाई संसद्भित्र थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले बिहीबार राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसँग भेट गरी नीतिगत बहसलाई थप सशक्त बनाउन समितिले संसद्भित्र महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । समितिको कार्यक्षेत्र, प्राथमिकता, कार्ययोजना तथा आगामी कार्यविधि निर्माणका सम्बन्धमा गृहकार्य गर्नुपर्ने महिला सांसदहरूको भनाइ छ।
सोही अवसरमा उपाध्यक्ष भण्डारीले समितिको गठन र सदन सञ्चालनका लागि आवश्यक सहकार्य तथा समन्वयमा आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरिन् । उनले महिला समन्वय समितिलाई केबल औपचारिक संरचनाका रूपमा मात्र सीमित नराखी महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्चका रूपमा विकास गर्नुपर्ने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण