सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स

सोमबार, ०२ असार २०८२, १८ : १४
सोमबार, ०२ असार २०८२

काठमाडौँ । गायिका शर्मिला वर्देवा र गायक प्रमोद शर्माको स्वर रहेको गीत ‘खै त मायाले कुरा बुझेको’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश राज पुरीको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत छ । 

बजगाईँकै सङ्गीत संयोजन रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, बिना राउत र श्रीस्वस्थानी तामाङको अभिनय देख्न सकिन्छ । 

भिडियोमा करन चौसिरको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ । गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप