शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
सञ्चालनमा आयाे ओभरपास

एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)

शुक्रबार, ०६ असार २०८२, २२ : ३८
शुक्रबार, ०६ असार २०८२

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन् । उनले शुक्रबार उक्त ओभरपासको उद्घाटन गरेका हुन् । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काए । 

उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो । 

पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप