समाचार
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
शुक्रबार, ०६ असार २०८२, १६ : ३५

समाचार सारांश
- ललितपुरको ग्वार्को चोकमा निर्मित ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।
- चक्रपथमा सवारी चाप व्यवस्थापन गर्न सरकारले ओभरपास निर्माण गरेको हो।
- ओभरपास ६ मिटर अग्लो र ४५५ मिटर लामो छ, जसले कोटेश्वरदेखि कलङ्कीसम्मको जाम कम गर्नेछ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट शुक्रबार ग्वार्कोमा निर्माण भएको ओभरपासको उद्घाटन गराएका हुन् ।
चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ।
६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी