ललितपुर र झापामा चोरी
सोमबार, ०९ असार २०८२, १३ : १२
काठमाडौँ । आइतबार ललितपुर र झापामा जिल्लामा चोरी भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका-१३ पुर्णहल घर भएका विधान श्रेष्ठको कोठामा चोरी भएको हो । सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
यस्तै झापाको कन्काई नगरपालिका-३ एकान्त टोल डेरा गरी बस्ने २६ वर्षीय विनोद बर्देवाको कोठाबाट टिभी तथा विभिन्न सरसामानहरू समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण