बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध मुद्दा दायर

सोमबार, ०९ असार २०८२, १५ : १६
सोमबार, ०९ असार २०८२

काठमाडौँ । अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ । 

चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् । 

अभिनेता केसीले चलचित्रको नायिकालाई दिएको मोबाइल आफ्नो भएको दाबी फिरादपत्रमा गरिएको छ । चलचित्रमा अभिनेता केसीले निभाएको पात्रले चलाएको मोबाइलमा देखिने नम्बर आफ्नो भएको र चलचित्र सार्वजनिक भएपछि दिनहुँ अपरिचित व्यक्तिबाट सयौँ फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ । 

उनले उचित क्षतिपूर्ति सहित विपक्षीलाई कारबाहीको माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप