आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

बाल मन्दिर प्रकरण : तत्कालीन महासचिव श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

सोमबार, ०९ असार २०८२, १७ : ००
सोमबार, ०९ असार २०८२

काठमाडौँ । काठमाडौँको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज (भाडा) प्रकरणका प्रतिवादी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ । 

सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश गरेको हो । श्रेष्ठसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत वैशाख दोस्रो साता बाल मन्दिर लिज प्रकरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी (बाल मन्दिरकी तत्कालीन अध्यक्ष) रिता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठलगायत १७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप