आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१६ जनालाई ईनास राष्ट्रिय सम्मान प्रदान, क-कसले पाए ?

सोमबार, ०९ असार २०८२, २२ : २३
सोमबार, ०९ असार २०८२

सारांश

  • ईनास अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई 'ईनास राष्ट्रिय सम्मान २०२५' प्रदान गर्‍यो।
  • सम्मान पाउनेहरूमा फिल्म, कला, गायन, समाजसेवा, खेलकुद, र व्यवसायमा योगदान पुर्‍याउनेहरू थिए।
  • कार्यक्रममा बाल कलाकारको नृत्य र राष्ट्रिय कलाकारको सामूहिक गायन प्रस्तुति रहेको थियो, जसमा इनासका पदाधिकारी र स्थानीय निकायका प्रतिनिधिहरूको सहभागिता थियो।

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरेको हो ।

फिल्ममार्फत मानवअधिकार र संस्कृति प्रवर्द्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहिन सुजन ढकाल, संस्कृति प्रवर्धनमा सक्रिय संस्था ‘नेपाल पासा पुचः अमेरिकाय’लाई ईनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरियो ।

गीतकार तथा साहित्यकार अम्बिका गुरुङ, स्वयमसेवकको रुपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनाम र फिल्म अभिनेत्री दिव्या रायमाझीलाई ईनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो ।

कार्यक्रममा ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको, स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, बिभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।

अमेरिकामा जन्मिएको पछिल्लो पुस्तादेखि नेपालबाट त्यहाँ पुगेको अघिल्लो दुवै पुस्ता कार्यक्रममा सहभागी रहे । कार्यक्रममा फिल्म ‘तेल भिसा’ र वेब–सिरिज ‘घर बट इन अमेरिका’को टिमलाई सम्मान प्रदान गरिएको थियो ।

अमेरिका र विभिन्न युुरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो । बालकलाकारले हिमाल, तराई, पहाड झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए । 

राष्ट्रिय कलाकारको सामूहिक गायन प्रस्तुतिले श्रोता, दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको कार्यक्रममा इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप