गण्डकीमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको आदेश
सारांश
- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारको राइड सेयरिङ नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
- उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यो आदेश दिएको हो।
- यातायात व्यवसायीको विरोधपछि संघीय सरकारले रोक लगाएको नियमावली विरुद्ध रिट दायर भएको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्नेगरी भएका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
उपभोक्ता हित संरक्ष मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले नियमावली स्थगन गर्ने निर्णय तथा सोसँग सम्बन्धित सम्पूर्ण निर्णय पत्रचारहरु कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
२०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट उक्त नियमावली ल्याएको थियो । उक्त नियमावलीविरुद्ध यातायात व्यवसायीहरुले बन्द हडताल जस्ता कार्य गरेपछि संघीय सरकारले पत्राचार गरी रोक लगाउने निर्णय गरेको थियो ।
राइड सेयरिङ प्रविधिलाई बजार प्रवेशमा निषेध गर्नेगरी बन्द हडताल गरी नियमावली रोकिएको र त्यो कानुन र सिद्धान्तका आधारमा बदरभागी भएको भन्दै रिट दायर भएको थियो ।
उपभोक्ताको मौलिक तथा कानुनी हक रोक्नेगरी राइड शेयरिङमा रोक लगाइएकोमा सिन्डिकेट लागू गर्नेगरी यातायात व्यवसायीसँग सम्झौता गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमसेतलाई विपक्षी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण