आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वी अमेरिकामा गर्मीको लहर, न्यूयोर्कमा १०० डिग्री फरेनहाइट पुग्यो तापक्रम

बुधबार, ११ असार २०८२, १२ : ०१
बुधबार, ११ असार २०८२

सारांश

  • पूर्वी अमेरिकामा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको छ। न्युयोर्क शहरमा तापक्रमले कीर्तिमान कायम गर्‍यो, जुन २०१३ यताकै उच्च हो।
  • फिलाडेल्फिया, बाल्टिमोर र बोष्टन लगायतका शहरहरूमा पनि तापक्रम उच्च रह्यो, जसले गर्दा मानिसहरू बिरामी परे र रेल सेवा प्रभावित भयो।
  • मौसम सेवाले मंगलबार दर्जनौं शहरहरूमा गर्मीको उच्च रेकर्ड हुने भविष्यवाणी गरेको थियो, जसका कारण सयौं मानिस अस्पताल भर्ना भए।

वासिङ्टन डीसी । प्रचण्ड गर्मीका कारण पूर्वी अमेरिकामा हाहाकार मच्चिएको छ । गर्मीकै कारण स्थानीय समयअनुसार मङ्गलवार न्यूयोर्क सहरको तापक्रमले तीन अङ्कको कीर्तिमान छोयो ।

राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह १०० डिग्री फरेनहाइट (लगभग ३८ डिग्री सेल्सियस) तापक्रम पुग्यो । यस्तो भएको यो २०१३ यता पहिलो पटक हो ।

अमेरिकाका फिलाडेल्फिया, बाल्टिमोर र बोष्टनमा पनि तापक्रम तीन अंक छोयो । हावामा आद्रताका कारण पूर्वका क्षेत्रहरूमा गर्मी बढी महसुस भएको भनिएको छ । सोमबार पनि अमेरिकाका लगभग ४० सहरहरूमा तापक्रम कीर्तिमानी स्तरमा पुगेको थियो । 

मौसम सेवाले मङ्गलवार दर्जनौँ सहरहरूमा गर्मीको उच्च रेकर्ड हुने भविष्यवाणी गरेको थियो । मौसम सेवाका अनुसार मङ्गलवार सबैभन्दा तातो दिन हुनेछ । धेरै गर्मीकै कारण सयौँ मानिस बिरामी परेर अस्पताल पुगेका छन् । एमट्र्याक रेल सञ्चालनमा ढिलाइ भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप