असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा
बुधबार, ११ असार २०८२, १६ : ५८
काठमाडौँ । कर्णाली प्रदेशमा यही असार १५ गते सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले बुधबार सूचना जारी गर्दै जुम्ला बाहेक अरु ९ जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
'राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्ला बाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८१/ १२ / १७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,'आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण