शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्: सांसद ज्वाला

शनिबार, १४ असार २०८२, १२ : ५४
शनिबार, १४ असार २०८२

सारांश

  • सांसद प्रकाश ज्वालाले पूर्व मन्त्री, नेता र व्यापारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन माग गरे।
  • उनले सरकारले सुरक्षाकर्मीहरूलाई गलत तरिकाले खटाएको भन्दै ऐन विपरीत काम भएको बताए।
  • सांसद ज्वालाले गृहमन्त्रीले सुरक्षाकर्मीको विवरण सदनमा पेश गर्नुपर्ने माग गरे।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन माग गरेका छन् । 

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको बताए । 

यो कदम गलत रहेको भन्दै उनले ऐन, कानुन विपरीत खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे । 

सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्ने कुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप