खेलप्रतिको बढ्दो नेपाली मोह, भीरदेखि घरको छतसम्म (फोटोफिचर)
काठमाडौं– संयुक्त अरब इमिरेट्स युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको खेल मंगलबार हलचोक खेल मैदानमा हुने भएपछि जेठको धुपमा समेत खेलप्रेमीहरु उत्साह देखियो ।
सशस्त्र प्रहरी बल हलचोकको मैदानमा मात्र होइन, दर्शकहरु मैदानमाथिको भीरदेखि घरको छतछत बसेर निकै उत्साहका साथ खेल हेरिरहेका थिए । चर्को घाममा छतमा बसेर दर्शकहरुले छाता ओढेर खेल हेरिरहेको देखिन्थ्यो ।
चर्को घामको पनि प्रवाह नगरी खेलप्रेमीहरु नेपाली खेलाडीलाई साथ दिँदै हुटिङ गरिरहेका थिए भने खेलाडीहरुमा पनि जोश देखिन्थ्यो ।
यमन र नेपालबीचको यो खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । खेल गालरहित बराबरीमा टुंगिएपछि दुवै टोलीले अंक बाँडेका थिए । दुवै टोलीले थुप्रै गोल गर्ने अवसर सृजना गरे पनि त्यसलाई गोल गर्न भने चुकेका थिए ।
एएफसी एशिक कप छनोट खेलअन्तर्गत मंगलबारको खेलपछि नेपालको १ अंक रहेको छ र समूहको तेस्रो स्थानमा रहेको छ । यमनको भने ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा दोस्रो स्थानमा रहेको फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण