सङ्घीय लोकतान्त्रिक मोर्चाले देशका ६ स्थानमा मोर्चाको औचित्यबारे सभा आयोजना गर्ने
आइतबार, १५ असार २०८२, १६ : ०५
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सम्पन्न भएको हो ।
बैठकले मोर्चाको उद्धेश्य, औचित्य र आवश्यकताबारे देशका ६ स्थानमा सभाहरू गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा साउन १७ गते सभा गरिने छ भने भैरहवामा साउन २१ गते सभा गरिने छ । त्यस्तै कैलालीमा साउन २३ गते सभाको आयोजना गरिने नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताए । त्यस्तै विराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते ,वीरगञ्जमा भदौ २० गते सभा आयोजना गरिने उनले बताए ।
त्यस्तै सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरिएको छ । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय मुक्ति पार्टी,लोसपा लगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण