भाँचिएको ६ महिनामा विनयी खोलामा नयाँ पुल (भिडियो)
सारांश
- पूर्वी नवलपरासीमा रहेको विनयी खोलाको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ।
- अत्यधिक भारका कारण पुल भाँचिएपछि डाइभर्सनबाट सवारी साधन सञ्चालन भइरहेका थिए।
- नारायणघाट-बुटवल सडक आयोजनाले २४५ मिटरको पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ।
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ । २०८१ पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो ।
उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन भइरहेका थिए । तर अब भने पुल निर्माण भएको हो । नारायणघाट–बुटवल सडक आयोजनाको अनुसार २४५ मिटर पुल आजबाट सञ्चालनमा आएको हो । आयोजनाका अनुसार हिजो कालोपत्रे सकेर आजबाट पुल सञ्चालन भएको हो ।
पुल नहुँदा डाइभर्सनबाट सवारी सञ्चालन गर्नुभन्दा जोखिमयुक्त रहेको थियो । ६ असारमा विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस समेत बगाएको थियो ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको थियो । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासि आएको बाढीले बस बगाउँदा ३८ यात्रुको रातभरी उद्धार गर्नुपरेको थियो ।
पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण