आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु

शनिबार, २१ असार २०८२, १८ : ५४
शनिबार, २१ असार २०८२

सारांश

  • मकवानपुरको भिमफेदीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा पर्साको वीरगञ्जका ५० वर्षीय पुरुषोत्तम शर्मा रहेका छन्।
  • उनी साथीहरूसँग वनभोज खान गएको बेला नुहाउने क्रममा दुर्घटनामा परेका थिए।

हेटौँडा ।  मकवानपुरको भिमफेदी गाउँपालिका–१  स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप