कस्तो रहला तपाईँको यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मंगलबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बुधबारबाट समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफामा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्र र सेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय मिश्रित रहेकोले व्यापार तथा सेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको समय राम्रो रहेकोले वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतीमा मन रमाउनेछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेमप्रसङमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । विदेश यात्रा हुनेछ भने विदेशी भूमिमा बसेर गरिने काम वा अध्ययन फलदायी रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मंगलबारसम्मको समय मध्यम रहेकोले चुनौतीका बावजुत पनि राजनीति तथा समाजसेवामा राम्रा काम गरेर देखाउन सकिनेछ । विशेष तथा गोप्य योजनाहरू केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । बुधबारबाट शुभ तथा माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आÏनै मेहनतेले व्यवसाय तथा सेयर बजारमा लगानी गरी आर्थिक रूपमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार तथा सेयर बजारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । तर पनि बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईँको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरे पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मंगलबारसम्मको समय मध्यम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बुधबारबाट पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यवसाय वा सेयर बजारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अनलाइन व्यापार, सेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गर काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । कामलाई दोहोर्याएर गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार तथा सेयर बजारको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ । साताको अन्ततिर आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको समय राम्रो रहेकोले उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । अध्ययनको सवालमा शैक्षिक संस्था भ्रमण गर्न सकिनेछ ।
तपाईँको साता शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिको आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण