आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी सडकखण्डमा एक महिनाका लागि सवारी आवागमन निषेध

आइतबार, २२ असार २०८२, १७ : २०
आइतबार, २२ असार २०८२

सारांश

  • काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले बीपी राजमार्गमा सवारी आवागमन एक महिनाका लागि निषेध गरेको छ।
  • वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि यात्रुको सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो।
  • निषेधाज्ञा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ, जसले सिन्धुलीतर्फको यात्रा प्रभावित गर्नेछ।

काठमाडौँ । वर्षासँगै बाढी, पहिरो जस्ता विपद्को जोखिम बढ्न थालेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुली जाने सडकखण्डमा एक महिनाका लागि सवारी आवागमन निषेध गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले उक्त सडकखण्डमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आज साँझ ६ : ३० बजेदेखि बिहान ५ बजेसम्मको समय अवधिका लागि पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। उक्त निषेधाज्ञा एक महिनासम्म लागू हुने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा विपद्को जोखिम न्यूनीकरण र यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना प्रकाशन गर्दै सम्बन्धित सबै पक्षलाई समयमै जानकारी लिन र वैकल्पिक योजना बनाउन आग्रह गरेको छ।

513072576_9951252628318366_5578105489602743383_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप