शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न पार्टीलाई व्यवस्थित बनाऔँ : प्रकाशमान सिंह

आइतबार, २२ असार २०८२, १८ : २७
आइतबार, २२ असार २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा बताएका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकम आइतबार धारणा राख्दै उनले कांग्रेसको सङ्गठनलाई बलियो बनाए मात्रै हालसम्मका सङ्घर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताए । 

’पार्टीको सङ्गठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयो भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् । एकले अर्काकाे दोष देख्ने प्रवृत्तिले सङ्गठन बलियो हुँदैन, उनले भने ।

कांग्रेसको मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप