अपडेट
रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह
मङ्गलबार, २४ असार २०८२, १० : ५१
सारांश
- जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
- भोटेकोशी नदीमा आएको बाढी तिब्बतबाट आएको र घट्दो क्रममा रहेपनि त्रिशूली नदी क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
- चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।
यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण