बाढीमा फसेकाको उद्धारमा खटिएका असईको शव त्रिशुली नदीमा फेला
हेटौँडा । चितवनको १५ किलोमा एक प्रहरीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२९ स्थित १५ किलोमा त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शव मंगलबार फेला परेको हो ।
फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप तामाकोशी गाउँपालिका–४ स्थायी निवासी हुन् । उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
प्रहरी स्रोतका अनुसार असार २४ गते बिहान रसुवा स्थित भोटेकोशीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि खटिएको अवस्थामा बेपत्ता भएका थिए ।
उनको शव चितवन स्थित त्रिशुली नदीमा तैरिएको अवस्थामा फेला परेको थियो । शवको दाहिने खुटाको घुँडादेखि तलको भाग छैन भने भने बायाँ खुट्टामा बुट लगाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । हाल शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण