भेरी र हिमा नदीमा दुई जना बेपत्ता
सुर्खेत । बुधबार सुर्खेत र जुम्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एक वृद्ध र एक बालक नदीमा बेपत्ता भएका छन् । सुर्खेतमा एक ६० वर्षीय वृद्धले भेरी नदीमा हाम फालेका छन् भने जुम्लामा ५ वर्षीय बालकलाई हिमा नदीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, गुर्भाकोट नगरपालिका–११ सिमखोलीका ६० वर्षीय गोपाल वलीले दिउँसो करिब २ः२० बजे गुर्भाकोट–१०, भेडावारीस्थित भेरी नदीको पुलबाट हाम फालेका हुन् ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा ५ जनाको टोली खटाएर खोजी कार्य सुरु गरिएको बताए ।
हाल प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ, तर उनको अवस्था अज्ञात छ ।यस्तै, जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा स्थानीय अभेन्द्र शाहीका ५ वर्षीय छोरा यमन शाहीलाई हिमा नदीले बगाएर बेपत्ता बनाएको छ ।
प्रहरीका अनुसार यमन दिउँसो करिब २ः५० बजे नदी किनारमा बालुवा खेल्दै गर्दा अचानक नदीले बगाएको थियो । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जुगार्डबाट प्रहरी निरीक्षक डेनी थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बालकको खोजी कार्य तीव्र पारिएको छ । तर, नदीमा पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण