ब्राजिलमाथि ५० प्रतिशत आयत कर लगाउने ट्रम्पको घोषणा
बिहीबार, २६ असार २०८२, ०३ : ३१
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट अमेरिका पठाइने उत्पादनहरूमा सन् २०२५ अगस्ट १ बाट ५० प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पठाएको पत्रमार्फत यस्तो जानकारी दिएका हुन्।
ट्रम्पको भनाइ अनुसार, यो शुल्क अन्य क्षेत्रगत भन्सार शुल्कभन्दा अलग हुनेछ। उनले ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोलाई पनि आफ्नो समर्थन दोहोर्याएका छन्।
साथै, ट्रम्पले ब्राजिलसहितको ‘ब्रिक्स’ समूहप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन् ।
यसअघि पनि ट्रम्पले अगस्ट १ देखि लागू हुने गरी विभिन्न मुलुकहरूमा थप आयात कर लगाउने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण