सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गर्यो ७१ प्रतिशत बजेट खर्च
सारांश
- बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७१.२५ प्रतिशत बजेट खर्च गरेको छ।
- नगरपालिकाले चालु बजेटको ७६.५ प्रतिशत खर्च गरेको छ, भने विकास बजेट कम कार्यान्वयनमा आएको छ।
- वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीका अनुसार पुँजीगत बजेटको ६२.२२ प्रतिशत मात्रै खर्च भएको छ।
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७१.२५ प्रतिशत रकम खर्च गरेको छ ।
नगरपालिकाले यो वर्ष ७४ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको कुल बजेट ल्याएको थियो ।त्यसमध्ये ५३ करोड २८ लाख ६७ हजार अर्थात ७१.२५ प्रतिशत रकम खर्च भएको नगरपालिकाका वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीले बताए ।
नगरपालिकाले विकास बजेटभन्दा चालु बजेट नै बढी खर्च गरेको छ । चालुतर्फ यो नगरपालिकाले ४७ करोड ३१ लाख ८९ हजार रुपैयाँ विनियोजित गरेकोमा असार मसान्तसम्म ३६ करोड १९ लाख ७० हजार रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको ७६.५ प्रतिशत हो ।
तर विकास बजेट भने चालु भन्दा न्यून कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ यो वर्ष २७ करोड ४६ लाख ७४ हजार विनियोजन भएकोमा १७ करोड ८ लाख ९६ हजार मात्रै कार्यान्वयनमा आएको भण्डारीले बताए । जुन पुँजिगत बजेटको ६२.२२ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण