सभामुख मण्डलद्वारा छानिबन कार्यदलको संयोजकबाट राजीनामा
सारांश
- मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेट छानबिन कार्यदलको संयोजकबाट राजीनामा दिए।
- प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले राजीनामा दिएका हुन्।
- सभामुख मण्डलले कार्यदलमा मन्त्रीको नाम राखिएपछि आफूसँग समय नभएको बताए।
काठमाडौँ । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेट माथि छानबिनका लागि गठन भएको कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
शनिबार बसेको मधेस प्रदेशसभा बैठकमा कार्यदलका विषयमा लिएर प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका हुन् ।
सभामुख मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभामा अवरोध गरेका थिए । अवरोधपछि सभामुख मण्डलले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफूसँग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताए ।
प्रतिपक्षीको अवरोधका बाबजुद सभामुख मण्डलले सभा अघि बढाउन खोजेपछि प्रतिपक्षी दलका सांसदहरूले रोष्टम घेराउ गरेका थिए । त्यसपछि उनले सभा स्थगित गरे ।
बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केही दिन अघि प्रदेशसभाले ६ सदस्य कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण