एनपीएल दोस्रो संस्करणका लागि खेलाडीहरूको दर्ता प्रक्रिया खुला
सारांश
- नेपाल क्रिकेट संघले एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरेको छ।
- फ्रेन्चाईजबाट रिलिज भएका र अक्सनमा भाग लिन चाहने खेलाडीले नाम दर्ता गर्न सक्नेछन्।
- खेलाडीले https://npl-t20.com/registration मार्फत नाम दर्ता गर्न सक्नेछन् र दर्ता शुल्क रु एक हजार तोकिएको छ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुने खेलाडीहरूका लागि दर्ता प्रक्रिया खुला गरेको छ । शनिबार क्यानका प्रवक्ता छुम्बी लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै सो प्रतियोगिताको दोस्रो संस्करणका लागि दर्ता प्रक्रिया खुल्ला गरिएको जानकारी दिएका हुन् ।
हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपिएल अक्सनमा सहभागी हुन चाहने सम्पूर्ण नेपाली खेलाडीहरूले https://npl-t20.com/registrationलिङ्कमार्फत आफ्नो नाम दर्ता गराउन सक्ने विज्ञप्तिमा जनाइएको छ । अक्सन प्रक्रियामा सहभागी हुने खेलाडीहरूलाई ए, बी, सी श्रेणीमा विभाजन गरिएकोले खेलाडीहरूले आफ्नो इच्छा अनुरूप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने समेत क्यानले जनाएको छ ।
साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी रु एक हजार तोकिएको समेत विज्ञप्तिमा जनाइएको छ । नाम दर्ता गर्ने अन्तिम मिति २०८२ साल साउन ६ गतेसम्म रहेको समेत जनाइएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण