नाटकमा अभिनय गर्न आएका जीवन भन्छन्, 'राम्रो फिल्म पाए अभिनय गर्छु'
सोमबार, ३० असार २०८२, १४ : ५०
काठमाडौँ । अभिनेता जीवन लुइँटेलले आफु अब नेपाली फिल्ममा पनि कमब्याक गर्ने बताएका छन् ।
कान्तिपुर थिएटरको प्रस्तुतिमा साउनको ८ गतेबाट मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’ अभिनय गर्न नेपाल आएका लुइँटेलले राम्रो कथाको फिल्म पाए अभिनय गर्ने बताए ।
नेपाली फिल्मको प्रगति र विकासमा निकै खुसी देखिएका उनले ‘शिरिषको फूल’ नाटकको ‘सुयोगवीर’ पात्रको भूमिकाले आफूलाई तानेको सुनाए । ‘अहिले नाटकमा मेरो आत्मा बसेको छ । केही फिल्मबाट अफर नआएको होइन । तर, भूमिकाले तान्न सकेन । तान्न सक्नेआए फिल्म पनि अभिनय गर्छु’, उनले भने ।
हुन त बजारमा उनी ‘नाइँ नभन्नु ल ७’बाट कमब्याक गर्न लागेको चर्चा चलेको छ । यस विषयमा निर्देशक विकासराज आचार्यसँग कुराकानी चलिरहेको उनले सुनाए । फिल्म अभिनयलाई निरन्तरता दिने सोच आफ्नो रहेको समेत उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण