आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुटिङको क्रममा स्टन्टम्यानको मृत्युको प्रकरणमा मुद्दा दर्ता

मङ्गलबार, ३१ असार २०८२, १४ : १४
मङ्गलबार, ३१ असार २०८२

नयाँ दिल्ली । हालै मात्रै तमिल अभिनेता आर्य अभिनीत फिल्मको सुटिङको क्रममा प्रख्यात स्टन्टम्यान एसएम राजुको मृत्यु भयो । यस घटनामा प्रहरीले एक्सन लिएको छ ।

 फिल्ममा कार पल्टिएको दृश्य छायाङ्कनको क्रममा राजुको मृत्यु भएको थियो । मिडिया रिपोर्टहरूका अनुसार अब यस घटनामा फिल्म निर्देशक पा. रञ्जित र अन्य तीन जनाविरुद्ध गम्भीर धाराहरूलाई टेकेर मुद्दा दर्ता गरिएको छ । 

प्रारम्भिक अनुसन्धान पछि, पा. रञ्जित, स्टन्ट कोरियोग्राफर राजकमल, नीलम प्रोडक्सन र अर्का व्यक्ति प्रभाकरणविरुद्ध भारतीय न्याय संहिताको धारा १९४ अन्तर्गत मुद्दा दायर गरिएको भनिएको छ । मुद्दाको गम्भीरतालाई हेरेर प्रहरीले अब यसलाई अझ कडा बनाएको पनि बताइएको छ । अभियुक्त विरुद्ध अब धारा २८९ (लापरवाहीपूर्ण कारबाही), धारा १२५ (अपराध गर्न उक्साएको) र धारा १०६ (अन्जानमा गरिएको हत्या) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

के हो घटना ? 

यो घटना तमिलनाडुको नागापट्टिनम जिल्लाको किलैयुर क्षेत्रमा भएको हो । यहाँ ‘नीलम प्रोडक्सन’ले बनाइरहेको एक फिल्मको छायांकन चलिरहेको थियो । स्टन्ट दृश्यको खिच्ने क्रममा राजु कार पल्टिएको दृश्य गर्दै थिए । तर यो खतरनाक स्टन्ट गर्दा उनी गम्भीर रूपमा घाइते भए । उनलाई तुरुन्तै नागापट्टिनम सरकारी मेडिकल कलेज अस्पताल लगियो । तर डाक्टरहरूले उनलाई मृत घोषित गरे । 

एसएम राजु फिल्म उद्योगका एक साहसी स्टन्ट कलाकार थिए । उनले धेरै ठुला फिल्महरूको लागि स्टन्ट गरेका थिए । उनको असामयिक निधनले सिनेमा जगतमा शोकको लहर छाएको छ । अभिनेता र निर्देशकहरूले सामाजिक सञ्जाल मार्फत आफ्नो समवेदना व्यक्त गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप