एमाले नेतृ विद्या भण्डारीको वेबसाइट सार्वजनिक
काठमाडौँ। एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
यो वेबसाइट पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू, र सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा सङ्गृहीत गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको हो ।
वेबसाइटले पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने लक्ष्य राखेको छ ।
समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ ।
वेबसाइटमा समावेश सामग्रीहरूलाई समयानुकूल थप, परिमार्जन र अद्यावधिक गर्दै लैजाने योजना पनि रहेको जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण