आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘द भ्वाइस किड्स’ प्रतियोगी साइमाको गुनासो : मेरो स्वर बिगारेर पुनः अपलोड गरियाे

बुधबार, ३२ असार २०८२, २१ : २२
बुधबार, ३२ असार २०८२

काठमाडौँ । बालबालिका केन्द्रित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को पछिल्लो शृङ्खला विवादमा परेको छ । गत शनिबार राति प्रसारण भएको प्रतिस्पर्धाको ब्याटल राउण्डबाट दुई प्रतिस्पर्धीहरु बाहिरिएसँगै उक्त शृङ्खलाका बारेमा विभिन्न टिका–टिप्पणी भइरहेको छ । 

शोको पछिल्लो शृङ्खलाबाट कोच मेलिना राईको टिममा रहेका तीन प्रतिस्पर्धीहरु साइमा राई, दावा लामा तथा रोशना विष्टले ब्याटल राउण्ड अन्तर्गत आफ्नो प्रस्तुति दिएका थिए । तीनै जनाले ‘बुझे हुन्छ कुरा’ बोलको गीत गाएका थिए ।

उक्त प्रस्तुतिपछि कोच मेलिना राईले एक जनालाई अगाडि बढाउनुपर्ने थियो भने दुई जनालाई कार्यक्रमबाट बाहिरिएको जानकारी गराउनुपर्ने थियो । उनले रोशना विष्टलाई अगाडि बढाएसँगै साइमा र दावा बाहिरिए । त्यसपछि सामाजिक सञ्जालमा मेलिनाको उक्त निर्णय गलत भएको भनेर आलोचना हुन थाल्यो ।

गायिका राईको आलोचना हुन थालेपछि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको पछिल्लो ब्याटल राउण्ड सम्पादन गरे पुन युट्युबमा अपलोड गरेको छ । तीनै जनाले उत्कृष्ट शैलीमा गाउने प्रयास गरेका थिए, यद्यपि साइमालाई सबैभन्दा राम्रो प्रतिक्रिया दर्शकले दिइरहेका थिए ।प्रतिक्रिया जनाउने सिलसिलामा दर्शकले रोशनाको सुर र ताल बिग्रिएको भन्दै आलोचना गरेपछि द भ्वाइस किड्स प्रोडक्सनले यी कुराहरूलाई लुकाउन उक्त भाग नै सम्पादन गरी पुनः उही एपिसोड अपलोड गरेको साइमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् । उनले एक भिडियो  पोस्ट गर्दै सम्पादन गरेको भिडियोमा आफ्नो र साथी दावाको भ्वाईस बिगारिएको आरोप लगाएकी छन् ।

मेलिना म्यामलाई धेरै गाली आएपछि कार्यक्रमको लाइभ भिडियोलाई म्युट गरियो । त्यो भिडियो म्युट गरिएपछि भोलिपल्ट राति राति ११ बजे नयाँ भिडियो अपलोड गरियो । 

'त्यो भिडियोलाई अन म्युट गरेर पोस्ट गरियो । सम्पादन गरिएको उक्त भिडियोमा मेरो साथी दावाको र मेरो भ्वाइस बिगारिएको छ'उनले अगाडि भनेकी छन्  सेलेक्ट भएको प्रतिस्पर्धिका भिडियोमा भने लिप्सिङ गरेर मेलिना म्यामको जस्तो स्वर बनाइएको छ ।'

उनले पछिल्लो भिडियो हेरे भ्रममा नपर्न समेत सबैमा अनुरोध गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप