जाजरकोट, पाल्पा र रुपन्देहीमा विभिन्न घटनामा ३ जनाको मृत्यु
सारांश
- विभिन्न जिल्लामा खोलाले बगाएर र डुबेर ३ जनाको मृत्यु भएको छ।
- जाजरकोटमा नुहाउने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भयो, भने पाल्पामा तालमा डुबेर एक बालकको मृत्यु भयो।
- रुपन्देहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । विभिन्न जिल्लामा खोलाले बगाएर र डुबेर ३ जनाको मृत्यु भएको छ । जाजरकोट, पाल्पा र रुपन्देहीमा ३ जनाको मृत्यु भएको हो ।
जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित छेडागाड खोलाले बगाएर सोही नगरपालिका–५ वडा बस्ने ५० वर्षीय अम्मर बहादुर शाहीको बुधबार साँझ मृत्यु भएको छ । नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको उद्धार गरी उपचारको लागि नगर अस्पताल फुर्किचौर छेडागाड पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ सोले दोहोरा गाउँ बस्ने शङ्कर कुमालको २ वर्षीय छोरा सुगम कुमालको सोही ठाउँस्थित तालकुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
उता रुपन्देहीको मर्चवारी गाउँपालिका–२ अमुवा बस्ने २६ वर्षीय सुग्रीम हरिजनको पनि पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । उनको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण