आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
कृषि

मधेस प्रदेशका ८ जिल्लामा कृषि मन्त्रालयले अध्ययनका लागि टोली परिचालन गर्दै

शुक्रबार, ०२ साउन २०८२, १९ : ४५
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • मधेस प्रदेशका ८ जिल्लामा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि मन्त्रालयले टोली पठाउने निर्णय गरेको छ।
  • कृषि मन्त्री रामनाथ अधिकारीले तत्काल समाधानका लागि टोली पठाउन निर्देशन दिएका छन्, जसले समस्याको अध्ययन गर्नेछ।
  • मधेस प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो, र हालसम्म ४६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

काठमाडौँ  । मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा  टोली पठाउने भएको छ ।

हालको अवस्था, समस्या समाधानका लागि गर्न  सकिने तत्कालीन र दीर्घकालीन  उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने  निर्णय भएको हो । 

टोली आइतबार सो क्षेत्रमा पुग्ने छ । शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले   मन्त्रालय र मातहतका कर्मचारीहरू सँग  छलफल गरी  तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिनु भएको हो । 

मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको  हो।  टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरू सँग पनि समन्वय गर्ने छ । 

मधेस प्रदेश सरकारले  लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको  समेत अभाव भएको र  धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्थ क्षेत्र घोषणा गरेको थियो । 

मन्त्री अधिकारीले अबको केही दिन भित्र वर्षा  नभएको अवस्थामा तिनै तहको सरकारले विकल्प  खोज्नु पर्छ , मन्त्रालय मातहतका सबै  निकायहरू लाई यस तर्फ लगाउनु पर्छ , भन्नुभयो । हाल रहेका सिँचाइका संरचनाहरूलाई  पुर्णरुपमा सञ्चालन गरी, सिचाइका लागि अन्य विकल्पहरू के के हुन सक्छन्  सम्बन्धित निकायहरू सँग छलफल गरी  तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिनुभयो । 

मधेसका ८ जिल्लामा  हाल सम्म करिब ४६ प्रतिशत रोपाई  सम्पन्न भएको  मधेस प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप