आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एक वर्षमा ८१ करोड बढीको कुरमुरे र चिजबल आयात

मङ्गलबार, ०६ साउन २०८२, १४ : ०२
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • गत आर्थिक वर्षमा नेपालमा ८१ करोडको कुरमुरे, लेज र चिजबल आयात भएको छ।
  • भन्सार विभागका अनुसार, १५ लाख केजी यस्ता सामग्री आयात भएको देखिन्छ।
  • भारतबाट सबैभन्दा धेरै ६० करोडको कुरमुरे लगायतका सामान आयात भएको हो।

काठमाडौँ । नेपालमा गत आर्थिक वर्ष २०८१/०८२ मा ८१ करोडको कुरमुरे, कुरमुरे लेज र चिजबल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्ता सामग्री १५ लाख केजी आयात भएको हो । यसरी आयात हुँदा ८१ करोड ७८ लाख ७२ हजार रुपैयाँ लागत परेको छ भने सरकारलाई ५० करोड ९९ लाख भन्सार महसुल प्राप्त भएको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट ६० करोड ४७ लाख ६७ हजार रुपैयाँको आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप