बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
काठमाडौँमा गर्मी

पर्याप्त पानी नपर्दा काठमाडौँमा बढ्यो गर्मी, तस्बिरहरू

मङ्गलबार, ०६ साउन २०८२, १७ : ०२
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौँ । मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौँ उपत्यकामा गर्मी बढेको छ । छाता ओढेर हिँड्नेहरू बढेका छन् भने शीतल ठाउँ खोजिरहेका भेटिन थालेका छन् । 

काठमाडौँ उपत्यकामा केही समययता मौसमको प्रवृत्तिमा परिवर्तन आइरहेको छ । केहीबेरमा पानी पर्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने, एक ठाउँ दर्के पानी ओइरिने अलि पर सुक्खा हुने भइरहेको छ । पानी नपर्दा हप्प गर्मी हुने तर पानी परेपछि हल्का जाडो हुने भइरहेको छ । 

जलवायु परिवर्तनका कारण मौसमी प्रवृत्ति फेरिएको जानकारहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागले केही दिनअघि भारी वर्षा हुने पूर्वानुमान गरे पनि पर्याप्त वर्षा हुन सकेको छैन । मधेसमा पानी नपरेर राेपाइँ प्रभावित भएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Weather_ (8)Weather_ (6)Weather_ (7)Weather_ (2)Weather_ (5)Weather_Weather_ (3)Weather_ (1)Weather_ (4)Weather_ (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप