आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ : विप्लव

बुधबार, ०७ साउन २०८२, १६ : ५३
बुधबार, ०७ साउन २०८२

सारांश

  • नेकपा महासचिव विप्लवले दलालहरूलाई खाल्टोमा हाल्ने चेतावनी दिएका छन्।
  • विप्लवले गणतन्त्रमा झारपात पलाएको र दलाल पुँजीवादका कारण समस्या आएको बताए।
  • उनले दलाल पुँजीवादलाई भत्काउनुपर्ने र कम्युनिस्टहरूलाई काम गर्न दिनुपर्ने कुरामा जोड दिए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले दलालहरूलाई खाल्टोमा हाल्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेतावनी दिएका हुन् । 

‘दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ । गणतन्त्रमा अहिले झारपात पलाएका छन् । कुन फूल हो को दलाल हो जनता अलमलमा परेका छन् । जनताले थाहै नपाएर सुँघेर हिँडेका छन् । ढलेका पनि छन् । अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्छ । हामी सबै मिल्यौँ भने दलालहरूलाई ढाल्न सक्छौँ, त्यो तागत हामीसँग छ’, उनले भने ।

दलाल पुँजीवादीहरूले कम्युनिस्टहरूलाई काम गर्न नदिने, बदनाम गर्ने, बाटो छेक्ने काम गरिरहेकाले त्यसलाई भत्काउनुपर्ने विप्लवले बताए । आज जति पनि समस्या आएका छन् ती सबै दलाल पुँजीवादसँग मिलेमतोको असर भएको उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप