शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

तीन दिन मेघगर्जनसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

बिहीबार, ०८ साउन २०८२, २१ : २१
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । यही साउन ८,९ र १० गते(तीन दिन) पहाडी भू-भागमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । बिहीबार साँझ जल तथा मौसम विज्ञान विभाग, मौसम तथा बाढी पूर्वानुमान महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो ।

विभागको जानकारीपछि जिल्ला प्रशासन कार्यालय धादिङले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणी मिश्रले आज एक सूचना जारी गर्दै बागमती प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने तथा त्रिशुली र बुढीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले आवश्यक सुरक्षा सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो ।

522297460_1339173554303533_2193784078523905165_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप