विभिन्न स्थानबाट लागु औषधसहित सात जना पक्राउ
सारांश
- कैलाली, झापा र दाङ लगायतका जिल्लाहरूबाट लागु औषधसहित सात जना पक्राउ परेका छन्।
- कैलालीमा खैरो हेरोइन र झापामा ब्राउन सुगरसहित केही व्यक्तिहरू पक्राउ परेका छन्।
- दाङ र चितवनमा पनि लागु औषधसहित केही व्यक्तिहरू पक्राउ परेका छन्, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । कैलाली, झापा, दाङ लगायतका जिल्लाबाट ७ जना पक्राउ परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय नवराज मिजारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको कचनकवल गाउँपालिका–४ लोधावारीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ५८ ग्राम ४ सय मिलिग्राम सहित भारत बिहार बस्ने २९ वर्षीया तबसुम आरासमेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता दाङको घोराही उपमहानगरपालिका–३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका–५ कोइलाबास रोड बस्ने ३१ वर्षीय रमेश पौडेल र २६ वर्षीय अजित पौडेल रहेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले बा १५ च ९१२३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–३ बारघरे बस्ने ३३ वर्षीय गमबहादुर परियारलाई ट्रामाडोल ५८ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागु औषध फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण