आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीको प्रशासनिक पुनर्संरचना गर्नैपर्छ : मुख्यमन्त्री कँडेल

शनिबार, १० साउन २०८२, २१ : १७
शनिबार, १० साउन २०८२

सारांश

  • मुख्यमन्त्री कँडेलले मन्त्रालय र निकायहरूको पुनर्संरचना गर्नुपर्ने बताए, नागरिकको नकारात्मक टिप्पणी आएपछि उनले यस्तो धारणा राखेका हुन्।
  • कर्मचारीको वृद्धि विकासमा बाधा नपर्ने र प्रतिवेदनका सकारात्मक पक्षहरूलाई कार्यान्वयन गरिने मुख्यमन्त्रीको भनाइ छ।
  • प्रदेशको आवश्यकताअनुसार संरचना विकास र पुनर्संरचना गर्नुपर्नेमा जोड दिँदै उनले सबैको सहयोगको अपेक्षा गरेका छन्।

‎सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरूको पुनर्संरचना गर्नैपर्ने बताएका छन् ।

‎‎ प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टीकाटिप्पणी उठ्न थालेको बताउँदै कँडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तर्गतका मन्त्रालय तथा निकायहरूको वैज्ञानिक पुनर्संरचना आवश्यकता रहेको बताए । 

‎ प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुनर्संरचना प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले शनिबार मुख्यमन्त्री कार्यालयमा पुगेर आफ्ना सरोकारका विषयहरू राखेपछि मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दे लैजानुपर्ने बताए । 

‎‎प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृद्धि विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको पनि उनले बताए । 

‎‎'प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर कर्मचारीहरू भयवित हुनुपर्ने आवश्यकता छैन,' उनले भने, 'कर्णालीमा सेवा गर्न आउनु भएको छ, तपाईँहरूको वृद्धि विकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्दैन, तपाईँहरु भयवित नहुनुहोस् ।’

‎‎ समितिले सरकारलाई बुझाएको प्रतिवेदन जस्ताको त्यस्तै ‎नभएर त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउने कँडेलले बताए।

‎‎उनले थप भने, 'समयको माग र आवश्यकतालाई दृष्टिगत गरी ढिलो चाँडो संरचनाहरू पुनर्संरचना गर्नपर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी छ ।'

‎‎प्रदेशले अरुको नक्कल भन्दा आफ्नै प्रदेशको यथार्थता र आवश्यकताका आधारमा आफ्ना संरचनाको विकास र पुनर्संरचना गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप