शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनारः २० जना किक बक्सर सहभागी हुने

आइतबार, ११ साउन २०८२, १२ : ०८
आइतबार, ११ साउन २०८२

सारांश

  • नेपाल किक बक्सिङ एसोसिएसनले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धनका लागि सेमिनार आयोजना गर्दैछ।
  • सेमिनारमा करिब २० किक बक्सर सहभागी हुनेछन्, जसमा ब्ल्याक बेल्ट ग्रेडिङ पनि हुनेछ।
  • यो सेमिनार काठमाडौंमा साउन १७ देखि २० गतेसम्म हुनेछ, जसले खेलाडीको क्षमता विकासमा सहयोग गर्नेछ।

काठमाडौँ । नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमीनार गर्न लागेको हो । उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव बिन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।

यस सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहेकी बिन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताइन् । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनको विश्वास छ । एसोसिएसनको मिहिनेत र टिम स्पिरिटले गर्दा यस खेल विकास भइरहेको र अझ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको बिन्दाले बताइन् ।

एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठ, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली, उपाध्यक्ष राजकुमार ठकुरी र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा बृहत मात्रामा तयारी पूरा गरिएको महासचिव बिन्दाले जानकारी दिइन् । यो सेमिनार उपलब्धिमूलक र प्रभाकारी हुने अपेक्षा रहेको एसोसिएसनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप